फल्गुण १ को सम्झना म मेरो बाजे

 


आज फाल्गुन १ गते सशस्त्र द्वन्द सुरुवात भएको दिन हो ।म ११ बर्षको थिए कक्षा ६ पढ्ने केटा त्यतिबेला के का लागि बन्दुक पड्केको त्यो त थाहा भएन तर ५० साल तिर "आउदै छन गुरिल्ला मार्दै छन जुरिल्ला"भन्ने नारा लेखी वाल पेन्टिङ गरेको देखेको थिय ।२०५२ साल फल्गुन १ गते होलेरीको प्रहरी चौकी हानियो ।२ गते बिहान स्कुल जाँदै गर्दा मान्छेका भिड, म पनि त्यो भिडमा छिरेर कुरा सुने गुरिल्ला हरु आइसके रे ! डर लाग्यो आम्मै गुरिल्ला आ छ्न रे बुवा ! दौडेर बुवा सङ्ग सुरक्षित हुन पुगे ।त्यति बेला लाग्थ्यो बुवा नै सबै भन्दा बलवान ब्यक्ति हो । त्यस्ता गुरिल्ला त मेरो बुवाले कान्छी औंलाले जित्नु हुन्छ ।पछि बुवाले भन्नू भो गुरिल्ला होइनन बाबु माओवादी हरु हुन बल्ल थाहा भो तिनीहरु माओवादी रहे छन।


दिन हरु बित्दै गए मेरो जिबा (हजुरबुवा)ग्रामीण स्वास्थ्य कार्यकर्ता होइसिन्थ्यो । प्रसुती हुन नसकेका प्रसब पिडामा छट्पटाएका आफन्त हरु हजुरबुवा लाई बोलाउन आउथे धेरैको ज्यान बचाउनु हुन्थ्यो । त्यहाँ बाट दिएको ज्यालाले हाम्रो घर चल्थ्यो । ठकुरी परिवार फुर्तीफार्ती अलि बढी नै हुने साग खाएर भय पनि मासु खाए झै सिन्कोले दाँत कोट्याउनु पर्ने।


एकदिनको कुरा हो मैले बिहानै गहुँ काटेर बाझो रहेको बारी जोत्न भनी एक हल गोरु नारेको थिए ।एक मेलो जोतेको थिए क्षितिज पारी एक हुल मान्छे आउदै थिए को रै छ ठम्याउन न पाउदै नजिकै आइ पुगे पछि थाहा भो मेरो हजुरबुवा लाई पछाडी हात बाँधेर ल्याएको देखे ।म आत्तिएर बुवा लाई बोलाउदै के गरेको जिबालाई मात्र के भनेको थिए एउटा माओवादी ले यो शोषक सामान्ती हो भन्दै बन्दुकको पछाडी को भागले जिबा को गर्धनमा हान्यो ।म चिच्याए कराए ,जोत्दै गरेका गोरुहरु हलो संगै भकारोमा पुगे । अनि १२,१३ जनाको लागी खाना पकाउन आदेश दिए।

मुवाले हाम्रो लागि पकाको खाना बढी भोकाएका लाई खान दिनु भो अनि खाना पकाउन थाल्नु भो ।खाना पाक्यो सबैले खायौं जानेबेला जिबालाइ जनकार्बाही भन्दै लान थाले मैले किन लाने भनेर प्रतिबाद गरे लामै बहस भो पछि उनी हरु ले घरको पेटिमा मुवा बाहेक म,मेरो भाइ,बुवा, जिबा सबै लाई बसाली मरासन्न हुने गरि कुटे दुबै हात सबैले जोडेका छौ सबै आउछन कसैले हात, कसैले लात्ता,कोहि लाठी,कोहीले बन्दुकको पछाडीको भाग रगताम्य हुने गरि कुटे। एक छिन मेरो घर मानौ रणभुमि जस्तै भो ।पछि हजुरबुवालाई कुनै पनि काम नगरी बस्ने शर्त मा छोडी दिए । गल्ती त्येही एउटा थियो प्रसब पीडामा रहेका महिलाको ज्यान बचाउनु।समय धेरै बितिसकेको छ ।आज जीबाले त्यही कुटाइको पीडा बाट २ बर्ष थला परी स्वर्गरोहन भाको पनि १० बर्ष पुगेछ।जिबालाइ कुट्ने हरु अहिले अलिशान घर गाडी सहित ठुला ठुला पद प्रतिष्ठा सत्ता शक्तीमा छन। आज म हिजोका ती माओबादीलाई सम्झिदै माओत्सेतुङ लाई गाली गर्दै छु ।जस्को सिद्धान्त ले मेरो  हजुरबुवाको फोटो धनयुद्द को दिन राख्न बाध्य बनायो।आजका मिति सम्म म कुनै पार्टीको सदस्य लिएको छैन । स्वतन्त्र हु भन्न पनि पाइने भएन ।एक देशभक्त नेपाली हुँ ।जय  रास्ट्र 🇳🇵🇳🇵

0 Comments