एसईई रोल्पा प्रथम प्रतीक भण्डारी काठमाडौँमा सम्मानित

गत एसईई परीक्षामा सर्वाधिक अंकका साथ रोल्पा जिल्ला प्रथम भएका प्रतीक भण्डारी राजधानी काठमाडौँमा आयोजित एक कार्यममा सम्मानित भएका छन्। माण्डवी युवा समाज काठमाडौँद्वारा दशै, तिहार र छठ पर्वको उपलक्ष्यमा राष्ट्रिय समाचार समितिको सभाहलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिबाट उनी सम्मानित भएका हुन्। प्रतीक रोल्पाको खुंग्रीस्थित ज्ञानमन्दिर विद्यागृहका पूर्वविद्यार्थी रहेको कुरा साहित्यकार, लेखक तथा समाजसेवी अमर अधिकारीले बताउनुभएको छ। हाल उनी सेन्ट जेभियर्स कलेज थापाथलीमा अध्ययनरत छन्। कार्यक्रममा अमर माध्यमिक विद्यालय भिंग्रीका पूर्वप्रधानाध्यापक मीनराज सुवेदीले शुभकामना ब्यक्त गर्नुहुँदै काठमाडौँमा रहेका माण्डवी क्षेत्रका तमाम जनहरु एकजुट हुनुपर्ने विचार ब्यक्त गर्नुभएको थियो। कार्यक्रम समाजका अध्यक्ष घनश्याम रिजालको सभापतित्वमा भएको थियो भने कार्यक्रम कमलप्रकाश कालाथोकीले सञ्चालन गर्नुभएको थियो। 

0 Comments